काठमाडाैं - एभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा उद्घाटन गरी सञ्चालन गरेको छ । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा बिहीबार उद्घाटन गरेको हो ।
सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशवप्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले परासीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १४:१७