काठमाडौं– २७ सदस्य टोलीसहित सगरमाथा ओरोहणमा गएका गायक राजु लामा सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन् ।
सगरमाथाको चुचुरोमा पुगेर उनी बिहीबार काठमाडौं फर्किएका हुन् । उनीसहितको टोलीले यही जेठ २ गते सगरमाथाको सफल आरोहण गरेको थियो ।
सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गायक लामाले सगरमाथाको चुचुरोमा पुग्दा गर्व लागेको बताए ।
उनले भने, ‘ म यस्तो सुन्दर देशमा जन्मिएको छु त्यसमा मलाई गर्व लाग्छ ।’ विश्वको सबैभन्दा ठूलो र राम्रो हिमाल पाइला टेक्ने पाउँदा आफू निकै उत्साहित भएको पनि उनले बताए ।
उनले ६ हजार ५७४ मिटरको उचाइमा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) पनि गरेका थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथाको क्याम्पमा पुगेर उनले कन्सर्ट गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १६:०३