काठमाडाैं - नेशनल लाईफ इन्स्योरेन्स र एक पाईला फाउण्डेशनबीच सम्झाैता भएको छ । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कं. लि. र एक एक पाईला फाउण्डेशन संस्थामबीच संझौता भएको हो ।
कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले संझौतामा हस्ताक्षर गरेका छन् । संझौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पुर्याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष रु.२० लाख आर्थिक सहयोग गर्ने जनाएको छ ।
कम्पनीको तर्फवाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरु देखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउनु हुँदै सामूदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १७:०३