काठमाडौं - देशैभरका ७५३ स्थानीय तहमा निर्वाचनका क्रममा खटिएका ५ म्यादी प्रहरीको मृत्यु भएको छ ।
बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभर एकै चरणमा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे समीक्षामा खटिएका ५ म्यादी प्रहरीको मृत्यु भएको जनाएको हो ।
सो बैठकले मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाका परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही रु २० लाख दिने र घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो ।
यसबीचमा स्थानीय तह निर्वाचनका क्रममा खटिएका पाँच म्यादी प्रहरी र एक प्रहरीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ १३:११