जनकपुरधाम– प्रदेश २ को दुई जिल्लाबाट दुई दिन नबित्दै २ जना नक्कली प्रहरी पक्राउ परेका छन् ।
आफूलाई प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दि“दै रकम असुली गर्न तल्लिन उनीहरूलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको छ ।
महोत्तरीबाट एक जना नक्कली प्रहरी पक्राउ परेको दुई दिन नबित्दै धनुषाबाट पनि अर्काे एक जना समातिएका छन् । दुबैले आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै आएका थिए ।
महोत्तरीको मटिहानी नगरपालिकाबाट महोत्तरीकै लोहारपट्टी नगरपालिका–९ खुट्टा पिपरारी निवासी जयप्रकाश मण्डललाई पक्राउ गरिएको छ । २८ बर्षीय मण्डलले आफू नेपाल प्रहरीको घुमुवा रहेको भन्दै सिमावर्ती क्षेत्रमा व्यापारीहरूस“ग रकम असुली गरिरहेका थिए । उनलाई बुधबार पक्राउ गरिएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका–१० ठेरा बस्ने २७ बर्षीय विश्वनाथ साह पनि नक्कली प्रहरी बनेर रकम असुलीमा लागेपछि पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनलाई धनुषाको विदेह नगरपालिकाबाट नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउने सर्वसाधारणहरूलाई सादा पोशाकको प्रहरी भनेर चेकजा“च गर्ने र रकम माग्ने गरिरहेको पाइएपछि शुक्रबार उनलाई पक्राउ गरिएको छ ।
उनले प्रयोग गर्ने प्रदेश २–०३–००४ प २६०५ नम्बरको मोटरसाइकल, मोवाईल तथा अन्य सामग्री समेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, जनकपुर उपमहानगरपालिका(२० बाट करिब १ लाख ५० हजार रूपैया“ मूल्य बराबरका पटाका शनिबार बिहान प्रहरीले बरामद गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउ“दै गरेको ज.१० प ९३७ नम्बरको मोटरसाइकल र पटाका सहित छाडेर फाली फरार भएकाले उक्त पटाका र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।