काठमाडौं– तत्कालिन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको हो । त्यसपछि भलिबलले भौगोलिक हिसाव र खेल भावनाको कदर गर्दै सबै क्षेत्रमा भलिबल सफलता छाएको हो।
त्यसैले हरेक वर्ष नेपाल भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसको रुपमा मनाउँदै आइरहेको छ । नेपाल भलिबल संघले भने औपचारिक कार्यक्रमको जानकारी गराएको छैन ।
दिवसको अवसरमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले आइतबार जावलाखेलमा मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडी आएको छ ।
भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ । यता न्यूडायमण्ड एकेडेमीले पनि भलिबलको कार्यक्रम राखेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ ११:३०