काठमाडौं- स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत शनिबार रातिसम्म ६९६ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार राति ११ बजेसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार एक महानगरपालिका, छ उपमहानगरपालिका, २८९ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२.४३ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । अब पा“च महानगरसहित ५७ पालिकाको मतपरिणाम आउन बाँकी छ ।
देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरूपमा बढी मतदाता रहेका महानरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ । मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२४ मा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा एमालेले ६७ स्थानमा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले प्रमुख पदमा २४ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीले सो पदमा नौ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।
निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ९४ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९१ स्थानमा जित हासिल गरी १८ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपप्रमुख पदमा ३२ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले नौ स्थानमा विजय हासिल गरी तीन स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भएका गाउ“पालिकाको अध्यक्ष पदमा कांग्रेसले १८४ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२१ स्थानमा जित हासिल गरी दुई स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ९६ स्थानमा जित कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १९ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भएका गाउ“पालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १८७ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२२ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ९३ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १८ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी दुई स्थानमा अग्रता कायम गरेका छन् ।
स्थानीय तहका वडाध्यक्ष पदमा कांग्रेसले दुई हजार ५०८ मा जित हासिल गरी १२ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले दुई हजार ११ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्ष पदमा एक हजार २६ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २६४ स्थानमा जित र पा“च स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ५५३ स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १२:०६