काठमाडौं– जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाकाअनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टकाअनुसार दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन् ।
कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हो । प्रहरी निरीक्षक भट्टकाअनुसार एम्बुलेन्स सड्कबाट करिब २० मिटर तल खसेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १४:४९