बाँके– एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउ“पालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ ।
१८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० वर्षमा भर्खरै मात्र पूरा भएको छ । केन्द्रमा खानेपानी, बिजुलीका साथै चिकित्सक र औषधिको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । केन्द्रमा औषधि र चिकित्सकको अभावमा गाउ“लेले अझै प्रभावकारी सेवा पाउन सकेका छैनन् । स्वास्थ्य केन्द्रको भवन भव्य बनाइएको छ । भवन हेर्दा कुनै ठूलो अस्पतालभन्दा कम छैन, तर त्यहा“ उपचार भने असम्भवजस्तै छ ।
केन्द्रमा चिकित्सक र आवश्यकताअनुसारको औषधि ढुवानीका लागि गाउ“पालिका र जिल्ला जनस्वास्थ्य कार्यालयसमेत उदासिन रह“दै आएको छ । स्वास्थ्य केन्द्रका इञ्चार्ज मोहम्मद तैराव राईले नवनिर्माण गरिएको भवनमा बिजुली–पानीको सहज पहु“चसमेत नभएको बताए । उनी भन्छन्, ‘बिजुली पानीको त राम्रो व्यवस्था छैन, औषधि र चिकित्सक त कुरै छोड्नुहोस् ।’
उक्त केन्द्रमा दैनिक ४०÷५० बिरामी आउ“छन्, तर सामान्य रोगका समेत बिरामीलाई सिफारिश गर्नेबाहेक अरू उपाय छैन । स्वास्थ्य संस्थामा आवश्यक आधारभूत प्रविधि र जनशक्ति नहु“दा यहा“का बिरामी नेपालगञ्ज अथवा भारत जान बाध्य छन् । यहा“ चिकित्सकसहित १३ स्वास्थ्यकर्मीको दरबन्दी छ । अहिले १० कार्यरत छन् । उक्त स्वास्थ्य केन्द्रमा चिकित्सक आउ“दैनन् ।
चिकित्सकको अभावमा अनमी र नर्सले स्वविवेक प्रयोग गरेर उपचार गर्नुको विकल्प छैन । स्टाफ नर्स मीरा रावलले चार वर्षदेखि स्वास्थ्यचौकीमा काम गरिरहेको बताए । ‘विशेषज्ञ चिकित्सक नहु“दा बिरामीलाई निको हुने आश्वासन दिएर पठाउनुबाहेक अरु विकल्प छैन’ रावलले भने, ‘भवन बन्दैमा उपचार पाइ“दैन ।’ बिरामीले समयमै प्रभावकारी उपचार नपाउ“दा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनी बताउ“छन् ।
गाउ“मै स्वास्थ्य संस्था भएपनि औषधि र चिकित्सको अभावले आफूहरू सानो रोगको उपचारका लागि पनि महङ्गो रकम खर्च गरेर भारत जाने गरेको नरैनापुर–३ की रजिया खा“ बताउ“छन् । आर्थिक अवस्था कमजोर रहेकी उनी त्यहा“ जाने आउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा ३० हजार खर्च हुने गरेको खा“को भनाइ छ । उनका अनुसार उक्त स्वास्थ्य संस्थाको अत्याधुनिक भवन बने पनि चिकित्सक र औषधि नह“दा बिरामीलाई झनै समस्या छ ।
एमबीबीएस चिकित्सकको दरबन्दी पुरानै भएको गाउ“पालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खा“ बताउ“छन् । उनका अनुसार चिकित्सक स्थायीरूपमा यहा“ बस्दैनन् । आ“ैशीपूर्णिमाजस्तै आउनेजानेमात्र हो । चिकित्सकको दरबन्दी रहेको उक्त संस्था लामो समयदेखि अहेव, अनमीको भरमा चलिरहेको छ । गम्भीर अवस्थाका बिरामीले तुरुन्त उपचार नपाउ“दा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स रावलले बताईन् ।
‘गाउ“कै अस्पतालमा सेवा पाए अन्यत्र जानु पर्दैनथ्या’, स्थानीय अर्जुन यादवले भने, ‘भवन बने पनि जा“च नहु“दा आकस्मिक बिरामीलाई झनै समस्या छ ।’ उनले नरैनापुर क्षेत्रका स्थानीयवासी बिरामी हु“दा उपचारका लागि भारत जाने गरेको बताए । ‘यहा“बाट उपचारका लागि भारत नै जानुपर्छ ।’ त्यहा“ जानेआउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा २० देखि ३० हजार खर्च हुने गरेको उनको भनाइ छ ।
स्थानीय सैयद मुसताक अहमद शाहले १० कठ्ठा जमीन स्वास्थ्य केन्द्रलाई दान गरेका थिए । त्यही जमीनमा अहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनेको छ । गाउ“पालिकाका स्वास्थ्य संयोजक खा“का अनुसार विसं २०५० मा नरैनापुरमा स्वास्थ्यचौकी स्थापना भएको थियो । भवन निर्माणका लागि विसं २०६६ मा बोलपत्र भएको थियो । तीन करोड ४० लाखमा भवन बनेको हो ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ ०५:५६