भक्तपुर– सांसद महेश बस्नेतले चिनिया“ राष्ट्रपति सी चीनफिङको शनिबारदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौ“देखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
सूर्यविनायक नगरपालिका–७ कार्यालयले शनिबार गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने बताए । उनले भने, ‘चीनले गरेको चामत्कारिक विकासबाट हामीले सिक्नु जरुरी छ । उनले यो भ्रमण नेपालको लागी लाभकारी भएको पनि बताए । उनले भने, ‘यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने अवसर छ, यसलाई सदुपयोग गर्न सक्नुपर्छ । उनले छिमेकी राष्ट्रहरूमा तिव्र रूपले विकास भईरहे पनि हामीले सानातिना विकासमा नै रुमलिनु परेको उनको भनाई थियो ।
उनले तीन वर्षअघिसम्म भिर र पहिरोबाट जकडिएको गुण्डुको अहिले विकासले मुहार फेरेको पनि बताए । उनले अबको तीन–चार वर्षमा विकासले भक्तपुरको मुहार फेरिने बताए । यसको लागी सबैको विकास प्रतिको चाहना तिव्र र निरन्तर रूपमा हुनुपर्ने उनले बताए । विकासको नाराले मात्र विकास सम्भव नहुने हुनाले यसको लागी योजना र कार्यान्वयन हुनु जरुरी रहेको उनको भनाई थियो ।
उनले उक्त सामुदायिक भवनमा कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवनसमेत एकैसाथ हस्तान्तरण गरे । सो भवनले विकासमा टेवा दिने उनको विश्वास थियो ।
गुण्डुकै सार्वजनिक जग्गामा सवारी अनुमति पत्र वितरण गर्ने यातायातको कार्यालय निर्माण हुने गरी कार्ययोजना अगाडि बढेको र यसै वर्ष त्यसका लागि दुई करोड बजेट विनियोजन हुन लागेको सांसद बस्नेतले जानकारी दिए । यसको लागी सरकारले तिव्र रूपमा योजना तयार गरिररहेको उनको भनाई थियो ।