काठमाडौं - नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहेर प्रतितोला ९८ हजार रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २७० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ ११:१८