ताप्लेजुङ– ताप्लेजुङकमा बाख्रा चराउन जंगल गएकी किशोरी आज मृत अवस्थामा भेटिएकी छिन् । फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर जंगल गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि उनीहरूले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् ।
उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १४:५२