काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज (मंगलबार) गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कोलकत्तामा दुई टोलीबीचको क्वालिफायर खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै दुबै टोली फाइनलमा पुग्ने योजना छन् ।
तर, तुलनात्मक हिसावमा राजस्थानभन्दा गुजरात बलियो टोली हो । लिग चरणको खेलजमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको थियो । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न खेल्ने छ ।
गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो । यता १८ अंक जोडेर राजस्थानले क्वालिफायरमा खेल्न लागेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १०:१८