काठमाडौ– महालक्ष्मी विकास बैंक लि. २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा अतुलनिय भूमिका निर्वाह गरेका संस्कृतिविद श्री सत्यमोहन जोशी ज्यूलाई सम्मान गरेको छ ।
उनको निवासमा आयोजित एक विशेष कार्यक्रम बीच लक्ष्मी बैंकका संचालक समितीका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गरेकोे हो । कार्यक्रममा बोल्दै उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहेको बताए ।
२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु समेत आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।
आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ ११:०१