काठमाडौं – अमेरिकी चर्चित अभिनेत्री, गायिका तथा गीतकार म्याडोनालाई इन्स्टाग्रामले प्रतिबन्ध लगाएको छ ।
उनले आफनो नग्न तस्बिर सेयर गरेको भन्दै इन्स्टाग्रामले उनलाई लाइभ आउनमा प्रतिबन्ध लगाएको हो ।
म्याडोनाले इन्स्टाग्राममा लाइभ आउने प्रयास गर्दा उनलाई सामुदायिक दिशानिर्देशहरू उल्लङ्घन गरेको सूचना प्राप्त भएपछि आफू निःशब्द भएको बताएकी छिन ।
इन्स्टाग्रामले उनलाई यस प्लेटफर्ममा अन्य प्रयोगकर्तालाई सम्मान गर्न र सधैँ कानूनको पालना गर्न चेतावनी दिएको छ।
प्रतिबन्धको बारेमा थाहा पाएपछि उनी भन्छिन्, ‘मैले मेरो जीवनमा धेरै लुगाहरू कहिल्यै लगाएकै छैन। ’
इन्स्टाग्रामले म्याडोनालाई सेन्सर गर्ने प्रयास गरेको यो पहिलो पटक भने होइन ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ ११:१६