काठमाडाैं - सांग्रिला डेभलपमेन्ट बैंकले होटल शारामा ३० प्रतिशतसम्म छुट दिने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई पोखरास्थित होटल शारामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।
सम्झौता पत्रमा बैंकका प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र होटल शाराका कार्यकारी प्रमुख जानुका सुवेदी भण्डारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ् प्रयोगकर्ताहरुले होटल शारामा खाना, साउना, स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवाशमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १४:४९