काठमाडौं– आज शेयर बजार दोहोरो अंकले बढेको छ । यसअघि पहिलो कारोबार दिन (सोमबार) उच्च अंकले घटेको शेयर बजार मंगलबार भने लयमा फर्किएको हो ।
मंगलबार शेयर बजार परिसूचक (नेप्से) १६।३२ अंकले बढेर २२१७.१९ विन्दुमा पुग्यो । (क) वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि मंगलबार ३.६२ अंकले बढेर ४३२.६७ विन्दुमा पुग्यो ।
मंगलबार कूल २१ हजार ७०९ वटा कारोबार हुँदा ३१ लाख ७३० कित्ता शेयर किनबेच भएको छ । यस दिन शेयर बजारमा १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार व्यापार र म्युचअफफण्डबाहेक सबै समूहको उपसूचक बढेको छ । मंगलबार सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढ्यो ।
मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ५।९५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ३१६ रूपैयाँ पुगेको छ । माथिल्लो तामाकोशीको शेयर मूल्य ५.५८ प्रतिशतले बढेर प्रतिकित्ता ५०८ रूपैयाँ पुगेको छ ।
विजय लघुवित्त, हिमालय ऊर्जा विकास कम्पनी, नारायणी विकास बैंकसहितका कम्पनीको भने शेयर मूल्य बढ्दा कर्पोरेट विकास बैंकको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १६:०६