एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वव्यापी महामारीको स्वरूप फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रण गर्न भारत सफल र चीन असफल भएको टिप्पणी गरेका छन् ।
टोकियोमा जारी क्वाड शिखर सम्मेलनमा बोल्दै बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल गर्ने विषयमा उनले मोदीको प्रशंसा र चीनको आलोचना गरेका हुन् ।
बाइडेनले कोभिड–१९ महामारी ह्यान्डल गर्ने मामिलामा भारतको सफलताको प्रशंसा गरेका हुन् । मोदीको सफलताले संसारलाई लोकतन्त्रले प्रदान गर्न सक्छ भनेर देखाएको बाइडेनले बताए ।
ती अधिकारीले भने, ‘चीन र रुस जस्ता निरंकुश राष्ट्रहरूले द्रुत रूपमा परिवर्तन भइरहेको संसारलाई राम्रोसँग ह्यान्डल गर्न सक्छन् भन्ने भ्रमको पर्दाफास गरेको छ किनकी तिनीहरूको नेतृत्वले लामो लोकतान्त्रिक प्रक्रियाहरू पार नगरी निर्णय लिन र कार्यान्वयन गर्न सक्छन् ।’
बाइडेनले दाबी गरेतापनि भारतमा कोभिड पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । अझै पनि दैनिक १५ सयदेखि दुई हजार जना संक्रमित भेटिने गरेका छन् । पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २६ जनाको मृत्यु भएको छ ।
चीनमा केही साता ह्वात्तै बढेको कोभिड सङ्क्रमण फेरि घटेको छ । पछिल्लो समयमा चीनको सांघाईमा फैलिएको कोभिड संक्रमणमा केही कमी आएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १६:१८