काठमाडौं – ‘शेयर अ कोक’ को स्थानीयकृत रूप ‘मन खोलौं कोकसँग’ को चौथो संस्करण जारी गर्दै यस पटक कोका–कोलाले आङ्खना उपभोक्ताहरूलाई महान चाड दशैं तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ ।
यस वर्ष कोका–कोलाले ‘माइ मम् मेक्स् माइ दशैं स्पेशल’ भन्ने थिमसहित नयाँ दशैं क्याम्पेन सार्वजनिक गरेको छ । यस अभियानले आमाहरूले हाम्रो दशैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुशीयाली बनाउन निस्वार्थ काम तथा अथक प्रयासहरू गर्दछन् भन्ने सन्देश दिएको छ । आमाको उपस्थिति र प्रयासका कारण नै दशैं हर्ष, खुशी र उत्सवका साथ शुरु हुन्छ र उपरोक्षसम्म रहन्छ ।
दशैंको विशेष अंश भनेको सधैं हाम्रो आमा र उहाँको माया हो । आमाहरूले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरूलाई सम्मान गर्दै कोका–कोलाले चाडपर्वको अवसरमा हामीले आमाहरूलाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ । दशैं र तिहारमा आमाहरूले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरूलाई सम्मान गर्दै यी लेबलहरू नियमित लेबलको ठाउँमा राखिएको छ । यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौंलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चङ्गा, दशैंको पिङ्ग, सयपत्री फूललगायत राखिएको छ ।
यसका अतिरिक्त, यो सन्देश कोका–कोला नेपालको हालको टिभी कमर्सीयलमा पनि सुन्दर ढंगले हाइलाइट गरिएको छ । उक्त कमर्सीयलमा, आमा छोराछोरीको दशैंलाई विशेष बनाउन कडा परिश्रम गरिरहेकी छिन् भने छोराछोरीहरू आफ्नै संसारमा मस्त छन् । तर, कोकको सानो स्मरणका कारण बच्चाहरूले दशैंको सम्पूर्ण कामहरू आफै गरेर आमालाई आश्चर्य बनाउदै सुन्दर इशारा देखाएका छन् ।
यो अभियानका बारेमा कोका–कोलाका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, ‘यो वर्ष आमाहरू र उनीहरूले हाम्रो जीवनमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरूलाई सम्मान गर्ने प्रयासमा हामीले आमाहरूलाई बोलाउने ६ वटा प्रिय शब्दहरू भएको लेबल सार्वजनिक गरेका छौं । कोका–कोलाले तपाईको दशैंलाई जुन व्यक्ति विशेष बनाउँछ त्यही व्यक्तिसँग दशैं मनाउन प्रत्सोहान गर्दछ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप प्राण्डेले भने, ‘कोका–कोला नेपालले सधैं सम्बन्धहरूको हर्ष मनाउदै आइरहेको छ । यो वर्ष हामीहरूले सधाझैं दशैंलाई विशेष बनाउने हाम्रा आमाहरूका साथ मनाउदै छौं । हामी– कोका–कोलाले सदैव उपभोक्ताहरूलाई कदर गर्दै आइरहेका छौं, र यो नयाँ लेबलले उपभोक्ताहरूलाई सम्बन्ध मज्बुत बनाउन प्रत्सोहान गर्नेछ र उनीहरूले कोकमार्फत आफ्नासँग मन खोल्नेछन् भन्ने आशा गरेका छौं ।’
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ ०६:३९