काठमाडौं— महालक्ष्मी विकास बैंक लि.ले गत आर्थिक वर्ष २०७५÷७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ । सोही विवरण अनुरूप यस संस्थाको संचालक समितिको मिति २०७६÷०६÷१६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट सेयरधनीहरूलाई ९.८९∞ नगद लाभांश र ८∞ का दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरूमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. ३२ अर्ब ५६ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ ।