काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बालुवाटारस्थित सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरू छपाई गरी सहयोग प्रदान गरेको छ । टुँडालदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख रवि के.सी.ले महानगरिय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत उत्तम राज सुवेदीलाई हस्तान्त्तरण गरे ।
उक्त सहयोगले ‘हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय – प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ । यसरी बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा बाट सेवा दिँदै आएको छ ।