झापा– झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुइृ जनाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहाज को१ख ७१८७ नंको झुलकेदेवी यातायात बसले प्रदेश १–०२०४० प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएको छ ।
मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ ११:०२