काठमाडौं- नेपाली बजारमा बुधबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार २ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन स्थिर रहेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी ५ रूपैयाँले बढेर प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी स्थिर रहेर प्रतितोला १ हजार २७० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ ११:२५