काठमाडौं– आज फेरि दुनियाँ स्तब्ध र सकस अनुभुति पार्ने एउटा भिडियो सामाजिक सन्जालमा छरपष्ट भयो । आठ बर्षअघि सौन्दर्य प्रतियोगिताको भाग लिएर पुरस्कृत भएपछि भोज खाने बहानामा एक पुरुषले एक्लै बोलाएर बलात्कार गरेको र त्यसपछिका समय पनि उक्त पुरुषबाट हिंसा, दुव्र्यवहारका शृंखला कयौं समय सम्म नरोकिएको आरोप लगाउदै एक युबतीले सामाजिक सन्जालमार्फत घटना सार्बजनिक गरिन्।
यो क्रुर घटनाले फेरि आम न्यायप्रेमि जन र दर्दको अनुभुति गर्नसक्नेहरूलाई आक्रोशीत र आन्दोलित बनाएको छ । तथा कथित सौन्दर्य प्रतियोगीताको आवरणभित्र महिला हिंसा र अपराधीक मानसिकताको भयानक सस्कृती हुर्किरहेको छ भन्ने कुराको गाता खोलेको छ । शिरदेखि पाऊ सम्म तथा नाकदेखि नितम्बसम्म फित्ता लगाई सुन्दरी मापदण्ड बनाउने र एक अर्कोलाई एउटा भन्दा विशिष्ट र कमशल करार गर्ने खेलको यो घटनाले मुखुण्डो उतारिदिएको छ ।
र यस्ता प्रतिस्पर्धा पुँजिवादले सिर्जेको महिला शोषणको डरलाग्दो अस्त्र हो भन्ने कुरा अझ स्पष्ट बनाएको छ । उसो त सुन्दरी प्रतियोगीतामा सुन्दरिहरू बौद्धिकता मापनका आधारबाट छनोट गरिन्छन भनिन्छ यदि त्यसो हुन्थ्यो भने केही बर्ष अघि यस्तै प्रतियोगिताको लागि अडिसन दिन आउने एक किशोरी पावर चस्मा लगाएकै कारण नकआउट हुन्थिन कसरि? चस्माले छेक्ने बौद्धिकता कुन होरु महिलाको निम्ति चलाईने यस्ता प्रतियोगिताको अन्तर्य त्यस बेला पनि छर्लङ्ग नभएको होइन ।
बिगत आठ हजार बर्षदिखि महिलामाथिको शोषण, उत्पिडन र हिंसा आज पनि निरन्तर जारि छ । खासमा बर्गिय सत्ता र पितृसत्ता दुबैको इतिहास उत्तिकै लामो देखिन्छ । त्यतीखेर देखि नै पितृसत्ताले महिला बिरोधी तमाम बिचार निर्माण गर्दैआइरहेको छ । जस्तो कि महिलालाई सुन्दर, सहनशिल, कोमलको उपमा आजपनि यथावत छ । महिला उत्पीडित हुनुको मुख्य दोष शरिरको बनावट वा भाग्य हो भन्ने भाष्यहरू निर्माण पितृसत्ताकै करामत हुन्।
यस्तै सस्कृतिलाई पछ्याउँदै घरेलु हिंसा,बलात्कार, असमान ज्याला, यौनजन्य हिंसा, भ्रूणहत्या, बेचबिखन, असुरक्षा, अप्रतिनिधित्व, सुन्दरी प्रतियोगिता, महिलाको नग्नता र बीभत्स पोर्नोग्राफीसम्मका हर्कतहरू गतिमान छन् । उसैगरि राज्य र समाजका संरचना पनि पितृसत्तात्मक सोच र बैचारिकिका आधारमा निर्माण हुँदै गए। यसले गर्दा कथित इज्जत गुम्ने डरु का आधारमा महिलाहरूलाई हिंसा विरुद्ध बोल्न नसक्ने बनाइयो। यसैको यौटा कडि हो ती युबतीको बलात्कार घटना ।
महिला समस्या समाधानका बिषयमा आज हामिले बहस, विमर्श र पहललाई यति सम्ममात्र सिमित राख्यौं कि महिलाविरुद्ध जे–जे हर्कत देखापर्छन् त्यसको प्रतिरोधमा जाग्दै जानुपर्छ।यदि यस्तो गर्दैनथ्यौँ भने हाम्रा नारिबादी आन्दोलनहरू एउटा सहि निष्कर्षमा नपुग्दै सेलाउने थिएनन्। त्यसकारण यतिमात्र अस्त्रले महिला मुक्ती आन्दोलनको सहि दिशा निर्देश गर्न सक्दैन।
जब समाजका हरेक पत्रमा हिंसा र विभेद संस्थागतु रुपमा जरा गाडेर बसेका हुन्छन भने यिनलाई उखेलेर फाल्नको लागि घटना नघटुन्जेल पर्ख र हेरु तरिकाले मात्र कुर्ने र घटिसकेपछीको आक्रोश र आन्दोलनले ठिक ठाउँ दिगो रुपले पुर्याउदैन । महिलाहरूको यो घनत्वको समस्यालाई समाधान गर्न पहिलो त पुँजिवादी पितृसत्तात्मक स्वार्थभित्र लुकेका महिला बिरोधी क्रुर बिचारमाथि आक्रमण तथा भन्डाफोर गरिनुपर्छ ।
महिलामुक्ति बारे बिचार, राजनीति र दर्शनको निर्माणमा प्रष्ट गरेर मात्र यात्रा संभव छ । यसरि आन्दोलनका कदमहरू अघि नबढाउने हो भने महिलामुक्तिको बहस बुद्धिविलास मात्र सावित हुनेछ ।
हिमाल थापा क्षेत्री
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १३:००