काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आङ्खनो एक्प्रेस बैंकिङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । नया“ हाल कायम रहेको इन्टरनेट बैंकिङ्गमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ । यस अगावै एक्सप्रेस बैंकिङमार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिनेसुविधा उपलब्ध थियो । यसै क्रममा पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरेका ग्राहकलाई बैंकको कुनै पनि शाखा कार्यालयहरूमा सम्पर्क गरी, नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्डलिन सकिने जनाएको छ । सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरूले घरमै वसिबसि विभिन्न सुविधाहरू उपभोग गर्न सक्नेछन् । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थपसुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । आगामी दिनहरूमा पनि नया“ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्गसेवालाई सरल र छरितो रूपमा पु¥याँउने विश्वास बैंकले व्यक्त गरेको छ ।