पोखरा– माछापुच्छ्रे बंैक लिमिटेडको २१औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २१औं साधारणसभा पोखरामा शुक्रबार सम्पन्न भएको जनाइएको छ ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई हालको चुक्ता पुँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापुँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरू एक आपसमा गाभ्न÷गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रूपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रूपैंया ७ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रूपंैया तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रूपंैया संचित छ । माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरू र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १६२ वटा एटीएमहरू संचालनमा रहेका छन् ।