काठमाडाैं - हिमालयन बैंकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
हिमालयन बैंक लिमिटेडको रु.१,०००/– अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००/– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको १०.५०% हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने जनाइएको छ । काठमाडाैंको कमलादी स्थित मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको दाबी हिमालयन बैंक लिमिटेडको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको बताएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १८:०५