काठमाडाैं- एभरेष्ट बैंक र सहारा अस्पतालबीच विशेष सम्झौता भएको छ ।
एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगञ्जबीच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका छन् ।
कार्यक्रममा डा.लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १८:३७