काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि डिजिटल हेल्थ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
नीति तथा कार्यक्रम अन्तर्गत प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिने समेत उनले उल्लेख गरेकी छन् ।
त्यसैगरी विपि कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी एन्ड साइन्स म्युजियमको स्तरोन्नति गर्ने कार्यक्रम समेत आगामी आवको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १८:४४