काठमाडौं– बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । सुनमा ४०० रूपैयाँ घटेर प्रतितोला ९७ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार बुधबार ९८ हजार २०० रूपैयाँमा सुन कारोबार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला १ हजार २७० रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो । गत साताको तुलनामा भने आज सुनचाँदीको मूल्य बढेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ ११:१२