सर्लाही –पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरोधमा बिहीबार सर्लाहीको लालबन्दी खण्डमा पर्ने पूर्वपश्चिम राजमार्गमा अनेरास्ववियुले सिठी जुलुस निकालेको छ ।
लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धिको विरुद्धमा सिठी जुलस निकालेका हुन् ।
पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धि खारेज गरिनु पर्ने माग राख्दै निकालिएको जुलसले सिठी फुकेर बजार परिक्रमा गरेको थियो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले महंगी बढेको र आम जनताको दैनिकी कष्टकर बनेको विद्यार्थीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १५:०२