एजेन्सी– फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ । क्लबले यस वर्षको समरमा जापान भ्रमण गर्ने बताएको हो ।
पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्न लागेको बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ । पीएसजीले टिमका पहिदो स्टार खेलाडी लियोनल मेस्सी, केलियन एम्बाप्पे र नेयमासहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ ।
यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि जितेको थियो । यद्यपि क्लब च्याम्पियन्स लिगमा भने सेमिफाइनलाबाटै बाहिरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १७:४०