काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिताका लागि शुक्रबार एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो ।
क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको थियो ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराइसकेको छ । जसका लागि टिम मालिकहरुका लागि क्यानले टेन्डर आह्वान गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ ११:१०