काठमाडौं– नेपाली बजारमा बिहीबार सुन २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २७० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ ११:३०