अस्टे«लिया– नेप्लिज एसोसिएसन अफ क्युन्सल्यान्ड (एनएक्यू) र एनआरएनए अस्ट्रेलियाले २००९ देखि अस्ट्रेलियाको ब्रिसबनमा आयोजना हुँदै आएको अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा एकल, जोडी र समूहगत नृत्य प्रस्तुत गरिएको थियो । उक्त प्रतियोगितामा विभिन्न राज्यहरूबाट ६२ जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगिताको एकल नृत्यको उपाधी सुमन गुरुङले पाए भने जेनी गुरुङ दोस्रो र सुनीता लामा तेस्रो भइन् ।
यसैगरी जोडी नृत्यतर्फ वर्षा पुन र सुमन गुरुङ पहिलो, किरण थापा मगर र कामना पौडेल दोस्रो र प्रकृति पाण्डे र समीक्षा श्रेष्ठ तेस्रो भए । समूहगत नृत्यतर्फ अमित काङ्खले, अस्मिता थापा, अमित थापा, रोजिना ठकुरीले पहिलो स्थान उपाधी जितेका थिए । सिमोन श्रीपाली, सरिना सैंजू, सुकृति आचार्य र रिभिका खरेलले दोस्रो र उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र प्रभिसा श्रेष्ठले तेस्रो स्थान हात पारे ।
दुई दिनसम्म चलेको यस प्रतियोगिताको मुख्य उद्देश्य दोस्रो पुस्ताका बालबालिकालाई नेपाली नृत्य, गीतसंगीत र कलासंस्कृतिसँग नजिक गराउनु रहेको कार्यक्रम संयोजक केशव शर्माले बताए ।
विजेतालाई नगदका साथै ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा एकलतर्फका विजेताले ५ सय डलर, जोडी नृत्यका विजेताले ७ सय डलर र समूहगत नृत्यका विजेतालाई ९ सय डलर पुरस्कारहरू प्रदान गरिएको थियो । उक्त प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुने गरेको छ ।