काठमाडौं– पेट्रोलियम पदार्थ र ग्यासको मुल्य वृद्धि विरुद्ध एमाले निकट अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीद्वारा बिरोध प्रदर्सन गरिएको छ । बुङ्चि स्थित सिद्धार्थ क्याम्पसको बाहिरी गेट बाट सुरु गरिएको बिरोध प्रदर्शन केहि पर सम्म गै पुनः त्यहि ठाउमा आइ कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्री देउवाको को राजिनामा, मुल्य वृद्धि फिर्ता गर लगायतका नारा प्रदर्सनकारी ले लगाएका थिए ।
कोणसभामा बोल्दै कार्यक्रम लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष दयाराम पौडेलले निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता लाई अब पनि निराकरण नगर्ने हो हने जनता चुप लागेर नबस्ने बताएको छ । प्रत्येक हप्ता भएको मुल्य वृद्धिले जनतामा निक्कै ठुलो आक्रोश निम्तिएकोले अब निगम लाइ चुस्त दुरुस्त राखी मुल्य वृद्धि तत्काल खारेजी गर्नुपर्ने पौडेलको भनाइ रहेको थियो ।
त्यस्तै कार्यक्रम लाइ बिशिस्ट अतिथिको रुपमा सम्बोधन गर्दै अनेरास्ववियु जिल्ला उपाध्यक्ष अन्जित खनालले आफुहरुको स्वार्थको लागि गरिएको मुल्य वृद्धिले जनताको ढाड सेकिएको बताउदै मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरे।
केहि समय देखी लगातार बढिरहेको पेट्रोलियम पदार्थको मुल्यले जनतामा एक प्रकारको आक्रोश उत्पन्न हुनुका साथै सरकार नै कमजोर साबित भएको प्रदर्शनकारीको दाबी रहेको थियो ।
अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष पशुपति गिरीको अध्यक्षता, स्ववियु सिद्धार्थ क्याम्पसका सचिव दिनेश चौधरीको स्वागत मन्तव्य, क्याम्पस कमिटि सचिव कोपिला गिरीको सञ्चालनमा सम्पन्न विरोध प्रदर्शनमा अनेरास्ववियु जिल्ला सह–सचिव बिष्णु घिमिरे, सिद्धार्थ क्याम्पसका विद्यार्थी नेता, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपक बाबु केसी, अनेरास्ववियु जिल्ला कमिटिका पदाधिकारी, कयौं विद्यार्थी लगायतको उपस्थितमा प्रदर्शन र कोणसभा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ १७:२८