काठमाडौं– पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको बताइएको छ ।
विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ ।
विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ ११:२५