मुम्बई– लामो समयको प्रेमपछि विवाह बन्धनमा बा“धिएका बलिउठ नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले तत्काल बच्चा नजन्माउने भएका छन् । भारतीय समाचारमाध्यमलाई हालै दिएको एक अन्तरवार्तामा नायिका दीपिकाले अहिले नै बच्चा जन्माउने कुनै योजना नभएको उत्तर दिएकी छिन् ।
उनले भनेकी छिन्, ‘हाम्रो समाज नै यस्तै छ, बिहे नहुनजेल कहिले बिहे गर्ने भनेर सोधिरहन्छन् । अनि बिहे भएपछि बच्चा । हामीले अहिले नै बच्चाको विषयमा सोचेका छौनौँ । अहिले हामी करिअरमा बढी फोकस छौं । समय आएपछि बच्चाको विषयमा पनि सोच्ने छौँ ।’
दीपिकाले आफू र रणवीर दुबैलाई बच्चा निकै मन पर्नेसमेत बताएकी छिन् । उनले थपेकी छिन्, ‘हामी दुबै जनालाई बच्चा निकै मन पर्छ । त्यसैले पनि बच्चा नपाउने भन्ने कुरै छैन । तर, समय भने लाग्छ ।’ अहिले नै बच्चा जन्माएर आक्नो करिअर सकिने कुरामा निकै डराएकी छिन् दीपिका । उनको उत्तरले पनि यहीँ बताउँछ । एजेन्सी