काठमाडौं– नेपाल चलचित्र कलाकार संघले दशैंका अवसरमा विशेष कार्यक्रम आयोजना ग¥यो । संघले शुक्रबार टीकासहित शुभकामना आदानप्रदान गरेको हो । संघ स्थापनाको ३१ वर्ष जनाउनका लागि उपस्थित सम्पूर्णलाई ३१ रूपैयाँ दक्षिणा दिइयो ।
संघका कोषाध्यक्ष सुनिल कटुवालले भने चलचित्र कलाकार संघको कोषमा ३१ हजार रूपैयाँ जम्मा गराए । कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्कासँगै चलचित्रकर्मी एवं गीतकार यादव खरेलले उपस्थित कलाकारहरूलाई टीका लगाई दिएका थिए ।
नेपाल सङ्गीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, संघका सल्लाहकार तथा नेपाल फिल्म समाजका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले शुभकामना मन्तव्य राखे ।
त्यस्तै मदुकुमार श्रेष्ठ, संघका उपाध्यक्ष मोहन निरौला, सानु ताम्राकार, कोषाधक्ष्य सुनिल कटुवाल लगायत पदाधिकारीहरू, कलाकारहरू टीका पहारी, आरपी पन्त, गायक आनन्द कार्की, सीताराम पोखरेल, सञ्चारकर्मी र कलाकारहरूको उपस्थिति रहेको थियो ।