काठमाडौं– जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट आर्मी फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हो । अझै दुर्घटनास्थल एकिन हुन सकेको छैन ।
लार्जुङका स्थानीय वीरेन्द्र लामिछानेकाअनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् । उनले भने, ‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १४:४६