काठमाडौं– सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रूपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रूपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।
त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गरे ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १७:२५