कपिलवस्तु - कपिलवस्तु विजयनगर गाउँपालिकामा धानको बीउको अभाव भएको छ ।
कपिलवस्तु विजयनगर गाउँपालिकामा हिउँदे धानको बीउ रसायनिक मल राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो ।
मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला ?” अहिले यहाँका आम किसान यस्तै भन्छन् ।
स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ भने । “चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, रसायनिक मल (खाद)मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभियानको प्रचारप्रसार सम्झँदै उनले भने,विजयनगर गाउँपालिका समयसमयमा परेको पानीले माटोमा धुले बीउ राख्ने चिस्यान पर्याप्त भए पनि बीउको टुङ्गो नहुँदा किसान रनभूल्लमा परेका हुन् ।
यसपालि वैशाखी तरकारी हुरीबतास र पानीले पिटेर गलेको फलपूल हावाहुरीले सोत्तर पारेर झारेको पिरोलो खेपेका यहाँका किसानलाई मध्य जेठ बित्दै गर्दा धानको बीउको समस्या परेको छ । यहीँ जेठ मध्यसम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाँइ गर्न नभ्याइने भन्ने किसानको आशङ्का छ ।
पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाँइ सुुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपाली ठीक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता बनेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १८:३३