काठमाडौं– आईतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । महोत्सबमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् । यो महोत्सब मँगलबारसम्म ३ दिन नाचघरमा जारी रहने छ ।
महोत्सबको निर्णायकहरुमा सँगीतकार जुगल डँगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी रहेका छन् ।
महोत्सबमा आईतबार उद्घाटनमा बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’ प्रदर्शन गरियो । यस्तै आईतबार नै दुई नेपाली लघू चलचित्र ऋषीराज आचार्यको निर्देशनको ‘राईज’, देवेन्द्र खत्रीको निर्देशनको चलचित्र ‘द डेलिभरी’ पनि देखाईयो ।
यस्तै केमरुनको बृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ला चेम्बर र मोरक्कोको घोष अफ स्पेश टाईम पनि प्रदर्शन गरियो । महोत्सबमा सोमबार बिहान ११ः३० बजेबाट बेलुका ६ बजेसम्म १० वटा चलचित्र प्रदर्शन गरिने महोत्सब अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ १२:०३