काठमाडौं - नेपाली बक्सर म्याक्स बस्नेत जीबीएफ अन्तरमहादेशीय च्याम्पियनसिपका लागि छनाैट भएका छन् । शनिबार स्पेनिस बक्सर जुआन रामोनलाई पराजित गर्दे नेपालले जित हाँसिल गरेको नेपाल प्रोफेशनल बक्सिङ्ग कमिसनले जनाएको हो ।
उक्त च्याम्पियनसिप आगामी जुन १५ जुन २०२३ मा युरोपमा आयोजना हुँदैछ। १४औं पटक राष्ट्रिय च्याम्पियन बनेका नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा पहिलो खेल जितेका छन् ।
स्पेनमा भएको एलएलइआइडीए इयू च्याम्पियनसिपमा कमिसनबाटै प्रतिनिधित्व गर्दे ८५ किलो तौल समूहमा बस्नेतले रामोनसँग प्रतिस्पर्धा गरेका हुन् । जितसँगै नेपालको झण्डासमेत फहराइएको थियो । कमिसनले यो जित नेपालको लागि उपलब्धि भएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ १२:३२