काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ सामान्य बढेको जानकारी दिएको हो ।
मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य समेत उकालो लागेको छ । महासंघले प्रतितोला ५ रुपैयाँले बढ्दै चाँदीको कारोबार मूल्य १२ सय ८५ रुपैयाँ पुगेको जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ १२:१७