उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनफिङलाई नेपालमा स्वागत गर्नैपर्छ । एक त छिमेकी अर्को नेपालको हरेक क्षेत्रमा सहयोग गर्दै आएका मनकारी चीनका कुनै पनि पदाधिकारी नेपाल भ्रमणमा आउनुलाई गौरवको विषय मान्नुपर्छ । त्यसमाथि विश्वकै शक्तिशाली मुलुकमा गनिने चीनले नेपाललाई माया गर्नु आफै“ अर्को गौरवको विषय हो । त्यसो त नेपालीमो संस्कर नै पाहुनालाई अत्यन्तै विशिष्ट रूपले स्वागत गर्ने । यी तीनै कारणले पनि सीलाई नेपालमा न्यानो स्वागत गर्नैपर्छ । नेपालको विकासमा सबैभन्दा बढी सहयोग पु¥याउने देश चीनको सहयोगको कुरा गर्नु स्वर्गमा इन्द्रको बखान गर्नुझै“ हो । नेपालको हरेक दुःख र सुखमा साथ दिने देश चीनका राष्ट्रपति सीलाई नेपालले स्वागत गर्न पाउनु नेपालका लागि गौरवका विषय बनेको छ ।
त्यसमाथि यत्तिका सहयोगमा पनि कुनै स्वार्थ नराख्ने मुलुकका राष्ट्रपतिले नेपालको भूमि टेक्नु आफै“ पनि महŒवपूर्ण विषय हो । त्यस्तै, २३ वर्षपछि भएको चीनका भिभिआइपीले नेपाल टेक्नु नेपाल र नेपालीका लागि अविष्मरणीय क्षण बनेको छ । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनिया“ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । उनलाई त्रिभुवन विमानस्थलमै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबराले भव्य स्वागत गरेका छन् । उनीहरू भनेको नेपाली जनताले स्वागत गरेका हुन् । उनको नेपाल भ्रमणले पुराना सबै साइनोहरू नवीकरण भएको छ । प्राचीन कालदेखिको दुई देशबीचको सम्बन्धलाई यो भ्रमणले अरु मजबुत बनाउने देखिएको छ । त्यसैले सरकारले पनि यो भ्रमणलाई सकरात्मक रूपमा उपयोग गर्नुपर्ने पर्छ ।
मुलुक समृद्ध बनाउने सरकारको नारामा चीनले सक्नेसम्म सहयोग गर्दै आएको देखिन्छ । सरकारले अरु देशस“ग मागेर समृद्धको सपना देख्ने होइन, वैदेशिक लगानी भित्र्याएर मुलुकमै रोजगार सिर्जना गर्ने वातावरण बनाउन सरकार अघि बढ्नुपर्छ । चिनिया“ लगानीकै कारण आज मलेसियाले विकासको चरमसीमा चुमेको छ । त्यहि शैलीमा नेपाल पनि अघि बढ्नुपर्छ । सरकारले चीनस“ग सहयोग होइन, लगानी गर्न अनुरोध गर्नुपर्छ । सहयोगले मुलुक बन्दैन, सरकारले जति मागेर ल्यायो, त्यत्ति सफल सरकार कहलिने संस्कार बढेकाले सरकारले माग्ने अभियान चलाएकोजस्तै देखिन्छ । त्यसो होइन, सरकारले चीनस“ग माग्न हात फौलाउने होइन कि चीनलाई नेपालमा लगानी गरेर नेपालमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकारले सोच्नुपर्छ । खायर, जे भए पनि नेपालको विकासमा अत्यन्तै सहयोग पु¥याउने मनकारी मुलुकका राष्ट्रपतिलाई नेपालीले स्वागत गर्न पाउनु आफै“मा नेपाल र नेपालीले अहोभाग्य ठान्नुपर्छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ ११:५९