तत्कालीन सभामुख कृष्णबहादुर महरा अनपेक्षित यौनकर्मले मात्रै घायल भए कि त्यसमा राजनीतिले पनि ‘मौकामा चौका’ हान्यो ? यतिबेला प्रहरी हिरासतमा रहेका पूर्वसभामुखको विषयलाई लिएर आएका टिप्पणीमा यस्तो प्रश्न तेर्सिने गरी दुई तर्क सार्वजनिक भएका छन् । तर, ‘राजनीतिक प्रहार छैन वा मिसियो’ भन्ने यी दुवै तर्कमा नेकपाका नेतासमेत रहेका महराको नैतिक चरित्र स्खलित भएको स्विकृति भने समान छ । त्यही स्खलनलाई राजनीतिक प्रहारको विषय बनाइयो भन्ने एकथरी तर्क दिनेमा चाहि“ सायद उनीमाथि सहानुभूति राख्ने समूहको आधिक्य छ ।
आशा गरौ“, महरा कर्मले न्यायिक निरूपण पाउला । तर, यतिबेला मुलुकको सबै स्वायत्त अंगमाथि कम्युनिस्ट सरकारको मनसुवा निर्णायक भएको छ र यस विषयमा राज्यका सम्बन्धित अंगहरू न्यायिक निरूपणमा निष्पक्ष रहन सक्छन् भन्ने विश्वास परपर्दो छैन । त्यसैले यो घटनाले कुन फैसला पाउ“छ भन्न सकि“दैन । सत्य अनुसन्धान हुन पाए तथ्य पत्ता लाग्ला र सार्वजनिक पनि होला । न्याय गर्ने दायिŒवधारी राज्य निकायको फैसला आरोपित भनिएका महरा र चासो राख्ने सबैले कुर्नैप¥योे । अनि ती निकायमा अन्तर्नि्हित मानिने निर्भीक र निष्पक्ष फैसलाको विश्वसनीयतालाई पारख गर्ने बेला पनि आउला ।
मुद्दा (विषय) भने ज्यादै संवेदनशील छ । एकातिर घटनामा सम्बद्ध मानिएकी एक महिला र अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टीको उपल्लो तहका नेता । ती महिलाले किन फेरिएका भनाइ सार्वजनिक गरिन् ? यसको कारण पनि खोजी होला र न्यायिक निरूपण आउला । महरा प्रकरणले ‘यदि’ निष्पक्ष फैसला पाउनसके सार्वजनिक व्यक्तित्वको चारित्रिक नैतिकता र सामाजिक मान्यताको मापदण्डलाई त्यसले पुनःपरिभाषित गर्न सक्छ । प्रकरणमा मुछिएकी महिला पनि संसद् सचिवालयमा कार्यरत शिक्षित कर्मचारी हुन्, चानचुने त होइनन् ।
महराको पहिचान शालीन व्यक्तिŒवमा बनेको हो । सुस्त बोल्ने, प्रदर्शित व्यवहार शालीन । अहिले सरकारमा रहेका प्रायः सबै कम्युनिस्ट नेता कटुवचनका पोख्त वाचाल हुन् । उनीहरू अरुलाई होच्याउन र तीतोवचनले घोच्न यति सिपालु छन् कि सायद् शालीन अभिव्यक्ति उनीहरूको संस्कारभित्रै पर्दैन । लाग्छ, भिन्न विचारलाई घोच्ने कम्युनिस्ट चरित्र नेतृŒव प्रदत्त नै हो ।
लज्जाका साथ भन्नैपर्छ तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष र अहिले सम्मानित पदमा आसीन राष्ट्रपतिले समेत प्रजातान्त्रिक संघर्षमा जीवन समर्पित गरेका प्रतिपक्षी दलको नेताको बोलीप्रति सार्वजनिक कार्यक्रममै कटाक्ष गरिन् । कारणवश, सिर्जित शारीरिक कमजोरीप्रति व्यंग्य गरिन् । त्यस्ता छुद्र अभिव्यक्तिको अपवाद थिए महरा, सरकारी कम्युनिस्टमा केही अरु बिरलै भेटिएलान् । महराको यही शालीनता प्रतिपक्षीहरूलाई समेत स्वीकार्य हुनसक्ने मानेर नै नेकपाले सभामुखमा प्रस्तुत ग¥यो । संसद्ले उनलाई स्विका¥यो पनि । तर, अहिलेको कम्युनिस्टीकरणको दुश्चक्रबाट मुक्त वा दलीय तटस्थता कायम गर्ने सभामुखको दायित्व भने उनले निर्वाह गर्नसकेनन् वा पाएनन् । सरकारी लाचार छाया“ आरोपित भए ।
महराको शालीनताको अघिल्तिर यति ठूलो ‘अनैतिक’ आरोप सुन्दा विश्वास लाग्नै गारो । उनको बाहिरी पहिचान यस प्रकारको सुन्दर थियो । बाहिरबाट यसै भन्न त सकि“दैन विषय न्यायिक कठघराको भयो । महरा शालीनताबीच पनि विवादास्पद व्यक्ति चाहि“ हुन् । उनी आर्थिक मामिलामा विवादमा आइरहे । केही वर्षअघि चिनिया“ व्यवसायीस“ग ५० करोडको लेनदेनका लागि उनले गरेको वार्ता ‘भिडियो’ सार्वजनिक भएको थियो । शान्तिवार्ता्तिर भएभन्दा बढी लडाकुको संख्या देखाएर अतिरिक्त रकम राज्यबाट लिएको विषयमा पनि उनी मुछिएका हुन् । तर, यी विषयले कुनै न्यायिक निरूपण पाएनन् । पैसाको कुरा थियो । तत्कालीन नेकपा माओवादी(केन्द्र) का नेताबीच पैसाको हिसाबकिताब मिलाएर यी विषय सामसुम पारिएको हुन सक्छ । उनले हैसियत दुरूपयोग गरे वा कम्युनिष्ट पार्टीले उनको हैसियतलाई प्रयोग वा दुरूपयोग के ग¥यो ? यथार्थ सार्वजनिक नभएबाट आशंका जिउ“दै रहिरह्यो । प्रयोग, दुरूपयोगमा खप्पिस नेताबीच पैसा बा“डफा“डबाट ‘तै“चुप मैचुप’ हुनसक्ने भए पनि अहिले चाहि“ उनी व्यक्तिगत मामलामा फसे ।
कुनै दिनका शिक्षक महरा कम्युनिस्ट नेतृŒव पंक्तिमा अत्यन्त सफल तरिकाले उक्लिका थिए । यसअघि नेकपा माओवादी(केन्द्र) देखि नै उनको हैसियत चुलिएको हो । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकआपसमा विलय भई बनेको सरकारी नेकपामा पनि उनी उच्चतहका नेता मानिन्थे । यतिबेला त महरा मुलुकको पाचौ“ सम्मानित पदश्रेणीमा आसीन थिए नै । उनको व्यक्तिŒव आफूहरूलाई पनि सफल मान्ने समकक्षी कम्युनिस्टहरूबीच कडा प्रतिस्पर्धी थियो नै । तर, अ“ध्यारो समयले कम्युनिस्ट राजनीतिको उनको सफल यात्रालाई जघन्य कुलतले एकाएक धरापमा पारेको छ ।
सभामुख महराको यही राजनीतिक उचाइलाई रसातल पु¥याउन प्रतिस्पर्धीहरूले मौका पाए र प्रयोग गरे भन्ने तर्क उनीप्रति सहानुभूति राख्नेहरूको हुनुपर्छ । गल्ती मान्दामान्दै पनि घटनालाई राजनीतिक प्रहारको हतियार बनाइएको ठान्ने वा यस प्रकार सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेहरू कति यथार्थपरक छन् ? त्यो त किटान गर्न सम्भव छैन । तर उनीहरूको ‘प्रहारको हतियार’ मान्ने राजनीतिक तर्क चाहि“ पूरै अयथार्थवादी भन्ने आधार पनि कमसेकम अहिलेसम्म पाइएको छैन ।
जे होस्, कम्युनिस्ट प्रतिपस्र्धीले महरा व्यक्तित्वलाई थला पार्ने गरी ‘मौकामा चौका’ हाने भन्नेहरूको आरोप, आशंका वा तर्कले पनि सत्य निरूपणको खोजी चाहि“ गरेको स्पष्टै छ । त्यस्तो थिएन भने ? महरालाई हान्न आफूले घटनालाई कुनै प्रयोग नगरेको तर व्यर्थमा आफूलाई दोष लगाइएयो भन्ने प्रकारको नेकपाका नेताबाटै जो स्पष्टीकरण आइरहे छन् ती आउनुपर्ने नै होइनन् । महरा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालका अति विश्वासिला पात्र हुन् । अध्यक्ष दाहाल भावी प्रधानमन्त्रीको पक्का दाबेदार पनि । यसपछि महराको उचाइ“ले पाउने झन् तीव्र गतिको अनुमानले प्रतिस्पर्धीहरूलाई मस्त निद्रामा पनि झस्काएको हुनुपर्छ । यस्तो व्यक्तित्वको राजनीतिक भविष्य अब कस्तो तय होला ? त्यो पनि फैसलाले नै तय गर्ला । वा पारिवारिक मित्रताको लामो सम्बन्धले उब्जिएको यो दोहोरो नैतिक चरित्र चित्रित दुर्घटनाको यस्तो गम्भीर विषय कसरी सुल्झिएला ? भगवान जाने । मानिसले भन्ने यत्ति हो– न्याय सबैले पाउनुपर्छ । निरुपित न्यायपछि सुध्रिएर पश्चात्तापको सार्वजनिक क्षमायाचनाबाट मानिस पुनः चोखिन सक्छ कि सक्दैन वा पाउ“छ, पाउ“दैन ? ठोकुवा गर्न भने सकि“दैन ।
कम्युनिस्ट नेता, सभामुख पदबाट राजीनामा दिएका ‘सांसद्’ महराको राजनीतिक पुनरोदय वा पूर्णतः अवसानको सम्भावना जो हुन्छ त्यो अहिले देखिने सम्भावना पनि फैसलाकै बीचमा छ । ‘खराब आचरण भएकालाई छोडिने छैन’ भन्ने धम्की प्रधानमन्त्री केपी ओलीबाट यतिबेलै अभिनिःसृत भइरहेछ । उनकै पार्टीका कतिपय नेताका यस्तै चरित्रावली अहिले सार्वजनिक भइरहेछन् पनि । प्रमाणस्रोत सामाजिक सञ्जाल नै हुन् । के हुन्छ, पर्खौ“, हेरौ“ ।
अन्त्यमा, न्यायिक फैसला शीघ्र र भरपर्दो चाहि“ अहिलेलाई देखि“दैन । संविधानको प्रावधानअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन मिल्दैन । माओवादी र एमाले दुई भिन्न दल रहेको बेला बनेको ‘दुईतिहाइ दम्भी’ तर्क दिएर अहिलेसम्म ती दुवै पदमा एउटै नेकपाका मानिस रहे । अर्को षड्यन्त्रपूर्ण यस्तै कुतर्क नतेस्र्याए एक पद अब सरकारी नेकपाको हातबाट फुस्किने छ ।
संवैधानिक व्यवस्थाको व्याख्या गर्ने अधिकार पाएको अदालतमा संसदीय नेतृŒवको पदीय यो मुद्दा लामो समयदेखि ‘थाती’छ । नियुक्तिकै बेला दुईतिहाइ महाभियोगको मन्त्रदान पाएका विधि व्याख्यातामूर्ति मूर्तिवत् रहेको बेला यो मुद्दाले निरूपण पाउन निर्देशन संकेतको प्रतीक्षा गरेको बुझ्न कठिन पर्ने चाहि“ देखि“दैन । बा“की घटना परिणामले नै पुष्टि गर्ने हो । फैसला त सबैले कुर्नैपर्यो । सामाजिक फैसलाको पाटो भने आङ्खनै प्रकारको हुन सक्छ । बाह्रखरी