काठमाडौं– मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रूपैयाँले घटेको हो ।
यससँगै छापावाल सुन प्रतितोला ९८ हजार रूपैयाँमा आइपुगेको छ। तेजावी सुन पनि ९७ हजार ५ सय रूपैयाँमा आइपुगेको छ ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रूपैयाँले घटेको छ। चाँदी प्रतितोला १२७० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ ११:३५