काठमाडाैं - कुमारी बैंक लिमिटेड र लालरत्न अस्पतालबीच सम्झौता भएको छ ।
कुमारी बैंक र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वास्थ्य उपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल बैंकिंङबाट गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ ११:५७