काठमाडौं– मिसेस एण्ड मिस गुरुङ २०२२ सिजन–३ को अडिसन सुर हुने भएको छ ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाजलाई उजागर गर्ने उदेश्यले विवाहित तथा अविवाहित गुरुङसेनीले अडिसनमा भाग लिन पाउने छन् । यस प्रतियोगिता बिगत ३ बर्ष देखि आयोजना गरिदै आएको छ ।
अडिसन यहि आउदो जेठ २२ गते आइतबार हुने आयोजक संस्थाकि प्रबन्ध निर्देशक शान्ता तामाङले बताएकी छन् ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ १२:२३